नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिहरूको सहभागितामा ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न
नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषहरूको सहभागितामा सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार भन्ने नारा सहित ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस, २०२६ को अवसरमा आज काठमाडौँमा आयोजित यस प्रतियोगितामा १० जना दृष्टिविहीन महिला र १० जना दृष्टिविहीन पुरुष गरी कुल २० जना प्रतियोगी सहभागी भएका थिए।
