केन्द्रीय कार्यालय, सुकेधारा, काठमाडौँ
प्रेस विज्ञप्ति
मिति: २०८३ असोज १६ गते, शुक्रबार
नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा हेटौँडामा हुने
नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा २०८३ असोज १८ गते बागमती प्रदेशको राजधानी हेटौँडाको सिद्धार्थ मार्गस्थित होटल पल्पसा प्याराडाइज होममा हुनेछ।
सहभागीहरू
सभामा निम्न अनुसारको प्रतिनिधित्व रहनेछन्:
- संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू,
- केन्द्रीय निर्वाचन समिति र लेखा समितिका संयोजक तथा सदस्यहरू,
- सातै प्रदेशबाट प्रदेश अध्यक्षसहित ४ जना प्रतिनिधि, जसमा कम्तीमा २ जना महिला हुनेछन्,
- संघको निवर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू,
- संघका संस्थापक पदाधिकारी तथा सदस्यहरू।
सभाको कार्यसूची
सभा दुई सत्रमा चल्नेछ: उद्घाटन सत्र र बन्द सत्र। बन्द सत्रले निम्न काम गर्नेछ:
- गत आर्थिक वर्ष २०८२/८३ को प्रगति र आय-व्ययको समीक्षा गरी अनुमोदन गर्ने,
- आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना तथा आय-व्यय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने,
- आर्थिक वर्ष २०८३/८४ लागि लेखापरीक्षक नियुक्त गर्ने,
- समसामयिक विषयमा संघको आधिकारिक धारणा तय गर्ने।
सभा “हेटौँडा घोषणापत्र, २०८३” जारी गरी सम्पन्न हुनेछ।
यातायात, आवास र भोजन व्यवस्था
संघले प्रतिनिधिहरूको हेटौँडा आउने र फर्कने सडकमार्गको सार्वजनिक यातायात भाडा व्यहोर्नेछ। साधारण सभा अवधिभर बस्ने र खाने व्यवस्था पनि संघले नै गरेको छ।
संघ सम्पूर्ण प्रतिनिधिहरूलाई हेटौँडामा स्वागत गर्न तयार छ। सबै प्रतिनिधिको यात्रा सुखद रहोस् भन्ने शुभकामना छ।
सम्पर्क
सभासम्बन्धी थप जानकारी चाहिएमा वा यात्रामा कुनै समस्या परेमा निम्न व्यक्तिलाई सम्पर्क गर्न अनुरोध छ:
- अध्यक्ष श्री शिशिर खनाल, मोबाइल: ९८५६०२९३९७
- महासचिव श्री कलाधर भण्डारी, मोबाइल: ९८५११९८३६०
कलाधर भण्डारी
महासचिव
नेपाल नेत्रहीन संघ
