मिति: १५ अक्टोबर २०२६
तदनुसार: २९ असोज २०८३
दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्ने संघ-संस्थाहरुको संयुक्त आयोजनामा दृष्टिविहीन महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सेतो छडी वाकाथन प्रतियोगिता आयोजना हुँदैछ।
नाम दर्ता
अन्तिम मिति: २७ असोज २०८३
सहभागी हुन इच्छुक व्यक्तिहरूले निम्न विवरण उपलब्ध गराई नाम दर्ता गराउनुहुन अनुरोध छ:
पूरा नाम
ठेगाना
लिङ्ग
सम्पर्क नम्बर
पुरस्कार
प्रथमः नगद पुरस्कार रु. १०,०००
द्वितीयः नगद पुरस्कार रु. ७,५००
तृतीयः नगद पुरस्कार रु. ५,०००
महिला तथा पुरुष दुवै समूहका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ।
सहभागीका लागि उपलब्ध सुविधा
✓ स्थानीय यातायात सुविधा
✓ सहभागिता प्रमाणपत्र
✓ बिहानको खाजा
✓ लन्च बक्स
वाकाथन मार्ग
भृकुटीमण्डप मूल गेट → भद्रकाली → सहिदगेट → काठमाडौं मल → रत्नपार्क → शान्तिवाटिका
समय: बिहान ८:०० बजे
सम्पर्कः
अमृता तिम्सिना नेपाल
९८६००७२३४९
महत्वपूर्ण जानकारी
पूर्ण दृष्टिविहीन व्यक्तिहरूले मात्र सहभागी हुन सक्नेछन्।
महिला र पुरुष प्रत्येक समूहबाट कम्तीमा १०/१० जना सहभागी हुनु अनिवार्य हुनेछ।
सहभागी बनौँ — सेतो छडीको सुरक्षा र आत्मनिर्भरताको सन्देश फैलाऔँ!
पुनश्चः ४० वर्ष मुनिका दृष्टिविहीन व्यक्तिहरुले मात्र सहभागी हुन सक्नेछन् । सहभागीहरु महिला र पुरुष हरेक समूहबाट कम्तिमा १०-१० जना हुन अनिवार्य छ ।
