Notices

Notices

Call for inclusion in the 2026 Roster of Experts (for new applicants)

The Nepal Association of the Blind (NAB), a national umbrella organization advocating for the rights and inclusion of blind and partially sighted individuals in Nepal, is seeking to establish a roster of qualified experts to support its initiatives and programs. This call is open to professionals with proven expertise in relevant fields who share our commitment to advancing disability inclusion.

Notices

गणक (Enumerator) आवश्यकता सम्बन्धी सूचना:

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ‚ बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपाल तथा नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन २०२५ देखि सन् २०२९ सम्म अपाङ्गता अधिकारका लागि सहकार्य (Collective Action for Disability Rights (CADiR) नामक परियोजना सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत अधिकतम १५ दिनका लागि तल उल्लेखित स्थानीय तहहरुमा तथ्याङ्क सङ्कलन कार्य गर्न गणकहरुको आवश्यकता भएको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट, यो सूचना प्रकाशित भएको मितिदेखि १० दिन भित्र दरखास्त आव्हान गरिन्छ।

Notices

गणक (Enumerator) आवश्यकता सम्बन्धी सूचना 

नेपाल नेत्रहीन संघ‚ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपाल तथा  नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन २०२५ देखि सन् २०२९ सम्म अपाङ्गता अधिकारका लागि सहकार्य (Collective Action for Disability Rights (CADiR)) नामक कार्यक्रम  सञ्चालन भइरहेको छ । समावेशी शिक्षा सो  परियोजनाको  एक मुख्य कार्यक्षेत्र  हो | उक्त कार्यक्षेत्र अन्तर्गत  तल उल्लेखित जिल्लाहरूमा रहेका  १४ वटा विद्यालयहरूमा Baseline Survey गर्नुपर्ने भएकाले  तथ्याङ्क सङ्कलनका लागि योग्य र इच्छुक व्यक्तिहरूबाट यो  सुचना प्रकाशित भएको मितिबाट ५ दिन भित्र दरखास्त आव्हान गरिन्छ ।

Notices

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित बारे सूचना:

मिति २०८२/०३/१० गते नेपाल नेत्रहीन संघद्वारा प्रकाशित स्नातक तथा स्नातकोत्तर स्तरमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरण सम्बन्धी सूचना बमोजिम, प्राप्त भएका कुल ४७ वटा आवेदनहरूको अध्ययन तथा मूल्याङ्कन पश्चात् उपयुक्त १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको र उक्त छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली देहाय बमोजिम प्रकाशित गरिएको छ।

Notices

दृष्टिविहीन तथा न्यूनदृष्टि युवाका लागि तालिम अवसर सम्बन्धी सूचना

यस बर्ष आ. व.२०८२-८३ का लागि नेपाल नेत्रहीन संघले निम्नानुसारका तालिमहरु सञ्चालन गर्न लागेको हुँदा इच्छुक दृष्टिविहीन तथा न्यूनदृष्टियुक्त युवाहरुले मिति २०८२ भाद्र ३१ गते भित्रसम्म तल दिइएको ढाँचामा आवेदन दिनुहुन सूचित गरिन्छ।

Notices

अनुगमन तथा मुल्यांकन अधिकृत छनोट बारे सूचना

नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय अन्तर्गत अनुगमन तथा मूल्यांकन अधिकृत पदको लागि छोटो नामावलीमा (Shortlist) रहेका ५ जना उम्मेदवारहरू मध्येबाट मिति २०८२ जेठ २८ गते प्रायोगात्मक परीक्षा र अन्तर्वार्ताबाट कुपण्डोल निवासी श्री शुलोचना पौडेलजीलाई छनोट गरिएको सुचित गरिन्छ।

Notices

सामाजिक परिचालक छनोट बारे सूचना

नेपाल नेत्रहीन संघले छोटो सूचीबाट छनोट भएका सामाजिक परिचालक पदका उम्मेदवारहरूसँग मिति २०८२ जेष्ठ २४ गते सम्पन्न अन्तर्वार्ताबाट तपशिलमा उल्लेखित उम्मेदवारहरूलाई सामाजिक परिचालकको रूपमा छनोट गरिएको सूचना प्रकाशित गरेको छ।

Notices

अन्तर्वार्ताबाट अन्तिम छनोटमा पर्नुभएका निम्नानुसारका गणकहरू तालिममा सहभागी हुने सूचना:

नेपाल नेत्रहीन संघ, काठमाडौंद्वारा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागि नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एण्ड पार्शियली साइटेडसँगको सहकार्यमा सञ्चालित ‘Action for Inclusive Development’ परियोजना अन्तर्गत सन् २०२५ देखि २०२९ सम्म गोरखा (अजिरकोट), धादिङ (गल्छी र सिद्धलेक), तनहुँ (घिरिङ, ऋषिङ्ग, र देवघाट), र लमजुङ जिल्लाका आठवटै पालिकाहरूमा स्वास्थ्य तथा पुनर्स्थापन सेवा विस्तार गर्न लागिएको सन्दर्भमा, दशैँ प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलनका लागि अपांगता घरधुरी सर्वेक्षणका लागि छोटो नामावली (Shortlist) मध्यबाट मिति २०८२ जेठ १९, २० र २१ गतेको अन्तर्वार्ताबाट गणकका लागि अन्तिम छनोटमा पर्नुभएका निम्नानुसारका गणकहरूले यसै साथ सम्लग्न तालिमको तालिका अनुसार सहभागी हुन यो सूचना प्रकाशित गरिएको छ।

Notices

सामाजिक परिचालकहरुको छोटोसूचि (Shortlist) प्रकाशित गरिएको सम्बन्धि सूचना

नेपाल नेत्रहीन संघले मिति २०८२ जेठ २ गते राष्ट्रिय दैनिक, संघको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित गरेको सूचना अनुसार निम्नानुसारका आवेदकहरुलाई सामाजिक परिचालकको छनौट अन्तर्वार्ताको लागि छोटो सूचि प्रकाशित गरिएको छ ।

Notices

गणकहरूको छोटो सूची (Shortlist) तथा अन्तर्वार्ता मिति प्रकाशन सम्बन्धी सूचना

तथ्याङ्क संकलनका लागि अपांगता घरधुरी सर्वेक्षणका लागि प्राप्त आवेदनहरु मध्येबाट १७७ जना गणकहरुको छोटो सूची (Shortlist) र सोको अन्तर्वार्ता मिति प्रकाशन गरिएको छ।