News and Events

News and Events

नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिहरूको सहभागितामा ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न

नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषहरूको सहभागितामा सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार भन्ने नारा सहित ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस, २०२६ को अवसरमा आज काठमाडौँमा आयोजित यस प्रतियोगितामा १० जना दृष्टिविहीन महिला र १० जना दृष्टिविहीन पुरुष गरी कुल २० जना प्रतियोगी सहभागी भएका थिए।

News and Events

प्रेस विज्ञप्ति: ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा काठमाडौँमा दृष्टिविहीन पुरुष र महिलाको छुट्टाछुट्टै सेतो छडी वाकाथन हुने

नेपाल नेत्रहीन सङ्घ, Seeing Hands Nepal, नेत्रहीन युवा सङ्घ नेपाल , Supportive Action Towards Humanity (SATH), नेपाल दृष्टिविहीन कल्याण सङ्घ, नेत्रहीन क्रिकेट सङ्घ नेपाल र नेत्रहीन महिला सङ्घ नेपाल को संयुक्त तत्त्वावधानमा ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा २०८३ असोज २९ गते बिहीबार (१५ अक्टोबर २०२६) काठमाडौँमा सेतो छडी वाकाथन प्रतियोगिता योजना गर्ने भएको छ। वाकाथन दृष्टिविहीन पुरुष र दृष्टिविहीन महिलाका लागि छुट्टाछुट्टै प्रतिस्पर्धात्मक विधामा सञ्चालन हुनेछ।

News and Events

२८औँ वार्षिक साधारण सभा, हेटौँडा घोषणापत्र, २०८३

पहुँच, समानता, मर्यादा, सुरक्षा र सामाजिक न्याय: अधिकार कागजमा मात्र होइन, व्यवहारमा प्रस्तावना नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभामा देशभरिबाट सहभागी हामी प्रतिनिधिहरू, नेपालको संविधान, नेपालले सन् २०१० मा अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७७ र दिगो विकास लक्ष्यको “कसैलाई पनि पछाडि नछोडौँ” भन्ने […]

News and Events

नेपाल नेत्रहीन संघ

केन्द्रीय कार्यालय, सुकेधारा, काठमाडौँ प्रेस विज्ञप्ति मिति: २०८३ असोज १६ गते, शुक्रबार नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा हेटौँडामा हुने नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा २०८३ असोज १८ गते बागमती प्रदेशको राजधानी हेटौँडाको  सिद्धार्थ मार्गस्थित होटल पल्पसा प्याराडाइज होममा हुनेछ। सहभागीहरू सभामा निम्न अनुसारको प्रतिनिधित्व रहनेछन्: सभाको कार्यसूची सभा दुई सत्रमा चल्नेछ: […]

News and Events

Flash Flood Monitoring Highlights Disability-Inclusive Response Gaps in Nuwakot and Kathmandu

Flash Flood Monitoring Highlights Disability-Inclusive Response Gaps in Nuwakot and Kathmandu

News and Events

प्रेस विज्ञप्ति

भोटेकोशी बाढीबाट प्रभावित दृष्टिविहीनलगायत अपाङ्गता भएका व्यक्तिहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा विशेष प्राथमिकता दिन आग्रह काठमाडौं, ११ भदौ २०८३ रसुवा जिल्लाको रसुवागढी तथा भोटेकोशी नदी आसपासमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल नेत्रहीन संघ गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा […]

News and Events

प्रेस विज्ञप्ति

हार्दिक अपिल हालै सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूअनुसार दृष्टिविहीन बेरोजगार नागरिकहरूले आफ्ना रोजगारी, अधिकार र सम्मानजनक जीवनयापनको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएको विषयप्रति नेपाल नेत्रहीन संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो आन्दोलन दृष्टिविहीन समुदायले लामो समयदेखि भोगिरहेको रोजगारी तथा आर्थिक असुरक्षाको वास्तविक प्रतिबिम्ब हो, र यसलाई राज्यले गम्भीरतापूर्वक लिन संघले हार्दिक अपिल […]

News and Events

JOINT PRESS RELEASE

Assistive Technology for All: Nepal’s Disability Movement Urges the Government to Fund It, Deliver It, and Guarantee Access

News and Events

प्रेस विज्ञप्ति:

दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले दैनिक जीवनयापनका क्रममा विभिन्न बाधा, अवरोध तथा चुनौतीहरूको सामना गरिरहनु परेको सर्वविदितै छ। गरिबी र बेरोजगारीको चपेटामा परेका यस समुदायका कतिपय व्यक्तिहरू चरम अभावसँग संघर्ष गर्दै बिहान–बेलुकाको छाक टार्नका लागि विभिन्न धार्मिक स्थल तथा ठूला सहरका सडक पेटीहरूमा आफ्नो कला र सीप प्रदर्शन गरी आयआर्जन गर्न बाध्य छन्। सडक पेटी वा धार्मिक क्षेत्रहरूमा आफ्नो कला प्रस्तुत गरेर मनकारी महानुभावहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगकै भरमा उनीहरूले आफ्नो तथा परिवारको जीविकोपार्जन गर्दै आएका छन्।

News and Events

PRESS RELEASE

A Historic Step for Financial Inclusion: NAB Commends Nepal Rastra Bank’s Landmark Directive on Accessible Banking for Blind and Visually Impaired Persons.