गणकहरुको आवश्यकता सम्बन्धि सूचना

calendar_today May 7, 2025
label Notices

नेपाल नेत्रहिन संघ, काठमाडौँद्वारा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एण्ड पार्शियली साइटेडसँगको सहकार्यमा सन् २०२० देखि गोरखा, धादिङ र तनहुँ जिल्लाहरूमा सञ्चालित पुनर्स्थापन कार्यक्रमलाई सन् २०२५ देखि २०२९ सम्म Action for Inclusive Development परियोजनाअन्तर्गत गोरखाको अजिरकोट, धादिङको गल्छी र सिद्धलेक, तनहुँको घिरिङ, ऋषिङ्ग र देवघाट तथा लमजुङ जिल्लाका सबै आठ पालिकाहरूमा स्वास्थ्य तथा पुनर्स्थापन सेवाहरू विस्तार गर्ने योजना गरिएको छ।

यस सन्दर्भमा, दसै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क संकलन गर्न घरधुरी सर्वेक्षण सञ्चालन गरिन लागिएको छ। उक्त पालिकाहरूको प्रत्येक वडाबाट एक/एक जना गणक आवश्यक पर्ने भएकोले, जम्मा ११३ जना गणकहरूको माग गरिएको छ।आवेदन दिन इच्छुक वडा बासिन्दाहरूले २०८२ साल जेठ ७ गते, दिनको ५:०० बजेभित्र आवेदन दिनु हुन सूचित गरिन्छ।

आज मिति २०८२/०१/२९ गतेको निर्णय अनुसार आवेदन शुल्क नलाग्ने ब्योहरा सुचित गरिन्छ साथै आवेदनका लागि शुल्क तिरिसक्नु भएको आवेदकको शुल्क पुन: फिर्ता गरिने छ।

आवेदन फारम भर्ने QR

QR to application fomr

आवेदन फारमको लागि तलको बटन मा थिच्नु भए पनि हुन्छ ।