दृष्टिविहीन तथा न्यूनदृष्टि युवाका लागि तालिम अवसर सम्बन्धी सूचना

calendar_today September 2, 2025
label Notices

यस बर्ष आ. व.२०८२-८३ का लागि नेपाल नेत्रहीन संघले निम्नानुसारका तालिमहरु सञ्चालन गर्न लागेको हुँदा इच्छुक दृष्टिविहीन तथा न्यूनदृष्टियुक्त युवाहरुले मिति २०८२ भाद्र ३१ गते भित्रसम्म तल दिइएको ढाँचामा आवेदन दिनुहुन सूचित गरिन्छ।

क. तालिम शीर्षक, अवधि तथा सहभागी संख्या:

१. संगित प्रशिक्षण, ६ महिना, १० जना

२. स्वीटर बुनाई, ३ महिना, २० जना

३. (सर सफाई सामग्री बनाइने तालिम) फिनेल हर्पिक कोलिन, झोल साबुन, कुचो, झाडु, १ हप्ता, १० जना

ख.आवश्यक कागजातहरु:

१. अपाङ्गता परिचय पत्र

२. नेपाल नेत्रहीन संघको सम्बन्धीत जिल्ला सदस्य संस्थाको सदस्यता रसिद

३. हाल सालै खिचेको पासपोर्ट साइजको फोटो

ग.तालिमका सहभागीहरुले अनिवार्य भर्नु पर्ने फाराम:

१. व्यक्तिको पुरा नामः

२. पुरा ठेगानाः

अ. स्थायीः

आ. अस्थायीः

३. दृष्टिविहीनताको प्रकार

अ. पूर्ण दृष्टिविहीन:

आ. न्यून दृष्टियुक्त:

४. आफुले सिक्न चाहेको तालिमको नाम:

अ. सर सफाई सामग्री बनाइने तालिम

आ. संगित तालिम

इ. स्वीटर बुनाई तथा गृह विज्ञान

५. लिन चाहेको तालिमको विषयमा पूर्व ज्ञान भएको भए

अ. तालिम प्रदायक संस्थाको नाम ……………………………….

आ. तालिम अवधि ……………. मिति देखि …………….. सम्म

६. तालिमको उपयोग

अ. रोगजारीमा संलग्न भएर ………………….

आ. प्रशिक्षण गरेर …………………

इ. अन्य (उल्लेख गर्नुहोला) ……………………

७. काठमाडौ बाहिरका आवेदकहरुको बसोबासको व्यबस्था छ छैन खुलाउनु पर्ने

८. सम्पर्क नम्बरः

९. इमेल: [email protected]

नोटः तालिमका सहभागीलाई खाजा तथा यातायात खर्चका लागि दैनिक रु. १५० उपलब्ध गराइनेछ। फारम डाउनलोड गर्न यहाँ तल दिएको लिंकमा जानुहोस्: