गणकहरूको छोटो सूची (Shortlist) तथा अन्तर्वार्ता मिति प्रकाशन सम्बन्धी सूचना
नेपाल नेत्रहीन संघ, काठमाडौंद्वारा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागि नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एण्ड पार्शियली साइटेडसँगको सहकार्यमा सञ्चालित 'Action for Inclusive Development' परियोजना अन्तर्गत सन् २०२५ देखि २०२९ सम्म गोरखा (अजिरकोट), धादिङ (गल्छी र सिद्धलेक), तनहुँ (घिरिङ, ऋषिङ्ग, र देवघाट), र लमजुङ जिल्लाका आठवटै पालिकाहरूमा स्वास्थ्य तथा पुनर्स्थापन सेवा विस्तार गर्न लागिएको सन्दर्भमा, दशैँ प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलनका लागि अपांगता घरधुरी सर्वेक्षणका लागि प्राप्त आवेदनहरु मध्येबाट १७८ जना गणकहरुको छोटो सूची (Shortlist) र सोको अन्तर्वार्ता मिति प्रकाशन गरिएको छ।
नोट:
१. शर्ट लिष्टमा यदि कुनै पनि वडामा एक जना मात्र उमेदवारको नाम समावेश भएमा त्यस्तो उमेदवारसंग मोबाईल फोनमै भिडियो कलमा अन्तरवार्ता लिईने छ साथै सोही समयमा सक्कल प्रमाण-पत्रहरु सहित उपस्थित हुनु पर्ने छ ती उमेदवारहरु भौतिक रुपमा अन्तरवार्ता स्थलमा उपस्थित हुनु नपर्ने व्यहोरा जानकारी गराईन्छ।
२. शर्ट लिष्टमा यदि कुनै पनि वडामा दुई वा दुई भन्दा बढी उमेदवारको नामावली समावेश भएमा त्यस्तो उम्मेद्वार तोकिएको मिति र अन्तरवार्ता स्थलमा अनिवार्य सहभागि भई अन्तरवार्तामा सक्कल प्रमाण-पत्रहरु सहित उपस्थित हुनु पर्ने छ ।
३. सम्बन्धित सबै गणक पदका उम्मेद्वारहरुले यस संघको आधिकारिक वेबसाईट www.nabnepal.org बाट शर्टलिष्टमा समावेश गरिएको उम्मेद्वारहरुको नामवाली र कार्यक्रम तालिका अनिवार्य डाउनलोड गरि अध्ययन गर्नु हुन अनुरोध गरिन्छ।
४. अन्तरवार्ता विहान ९:०० बजेदेखी सुरु भई ५:०० सम्म हुने भएकोले समयमै उपस्थित हुनु होला अन्यथा अन्तरवार्तामा समावेश गराउन असमर्थ हुने समेत जानकारी गराईन्छ।
५. विस्तृत जानकारीको लागि सम्पर्क:
क) गोरखा र लमजुङ जिल्लाहरुका लागि श्री प्रेम महर्जन फोन: ९८५५०७५५७७
ख) धादिङ जिल्लाको लागि श्री जीवन डल्लाकोटी फोन: ९८५५०५१३२९
ग) तनहुँ जिल्लाको लागि श्री अनित गुरो फोन: ९८४५११६७३२