गणक (Enumerator) आवश्यकता सम्बन्धी सूचना:

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ‚ बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपाल तथा नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन २०२५ देखि सन् २०२९ सम्म अपाङ्गता अधिकारका लागि सहकार्य (Collective Action for Disability Rights (CADiR) नामक परियोजना सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत अधिकतम १५ दिनका लागि तल उल्लेखित स्थानीय तहहरुमा तथ्याङ्क सङ्कलन कार्य गर्न गणकहरुको आवश्यकता भएको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट, यो सूचना प्रकाशित भएको मितिदेखि १० दिन भित्र दरखास्त आव्हान गरिन्छ।

तथ्यांक संकलनको लागि छनौट भएका स्थानीय तहहरु:

१. धरान उपमहानगरपालिका, सुनसरी, कोशी

२. काठमाडौं महानगरपालिका, काठमाडौं, बागमती

३. हेटौंडा उपमहानगरपालिका, मकवानपुर, बागमती

४. पोखरा महानगरपालिका, कास्की, गण्डकी

५. दूधपोखरी गाउँपालिका, लमजुङ, गण्डकी

६. राप्ती गाउँपालिका, दाङ, लुम्बिनी

७. नेपालगञ्ज उपमहानगरपालिका, बाँके, लुम्बिनी

८. सिद्ध कुमाख गाउँपालिका, सल्यान, कर्णाली

९. गुर्भाकोट नगरपालिका, सुर्खेत, कर्णाली

गणकका लागि आवश्यक न्यूनतम योग्यता तथा छनोटका मापदण्डहरू निम्नअनुसार रहेका छन्:

१) न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण वा सो सरह

२) अनलाइन सर्वेक्षण सम्बन्धि कार्यमा सिप र अनुभव भएको । (मुख्यतया KOBO Tool अथवा यस्तै अरु कुनै एप्स)

३) अनलाइन तथ्याङ्क प्रविष्टि गर्नका लागी इन्टरनेट/डेटा प्याकेज प्रयोग गर्न जानेको ।

४) Kobo tool चलाउन सकिने खालको आफ्नै स्मार्टफोन भएको ।

५) नेपाली र अंग्रेजी दुवै भाषामा फारम भर्न सक्ने ।

६) छनौट प्रक्रियामा स्थानीयलाई प्राथमिकता दिइनेछ । ५० प्रतिशत महिला गणक छनौट हुने भएकोले उल्लेखित स्थानीय तहमा बसोबास गर्ने महिलाहरुलाइ दरखास्त आव्हानको लागि प्रोत्साहन गरिन्छ ।

छनोट प्रक्रिया र सूचना:

१) छनौट प्रक्रियाका सबै चरणमा सक्रिय रूपमा सहभागी नभएमा अयोग्य मानिनेछ ।

२) प्रारम्भिक मुल्याङ्कनमा छनौट भएका आवेदकहरूलाई मात्र नेपाल नेत्रहीन सङ्घ मार्फत् सूचना प्रदान गरिने छ ।

३) पारिश्रमिक नेपाल नेत्रहिन संघको नियमानुसार हुनेछ ।

अन्य आवश्यक जानकारीहरु गुगल फारम अनिवार्य रुपमा भरी सोही फारममा बायोडाटा र नागरिकताको प्रतिलिपि अपलोड गर्नुपर्नेछ ।

गुगल फर्मको लिङ्क :

https://forms.gle/8XdprSRrUwHFkS9s9

*आवेदन दिने अन्तिम मिति: २०८२ पुष ६ गते*

अनलाइन फारम भर्न समस्या परेमा सम्पर्क : ९८४७२५९९३०