हेरचाहकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

calendar_today September 2, 2025
label News and Events
अभिमुखीकरण तथा गमन्शीलता तालिम सम्पन्न भएपछि सबै सहभागीहरूले सेतो छडी आँखा पट्टी साहित क्यामेरातर्फ फर्किएका छन्।
info तालिमको समापन सत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखाका निर्देशकको, प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो। हेरचाहकर्ताहरू र प्रमुख अतिथिबिचको प्रत्यक्ष अन्तर्क्रियाले सरकारी प्रावधानहरू, हेरचाहकर्ताहरूको जिम्मेवारी र भूमिकाबारे स्पष्ट जानकारी प्रदान गर्नुका साथै भावी कार्यदिशा निर्धारणमा मार्गदर्शन गरिएको थियो।

काठमाडौँ, श्रावण ११, १२ र १३, २०८२: नेपाल नेत्रहीन संघ (NAB)द्वारा स्रोत कक्षा अन्तर्गत छात्रावासमा बसोबास गर्ने दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाका लागि सञ्चालनमा रहेका आठवटा सरकारी विद्यालयहरूमा कार्यरत १० जना महिला हेरचाहकर्ताहरूलाई लक्षित गर्दै सफलतापूर्वक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

उक्त तालिममा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाको समुचित हेरचाहका लागि आवश्यक विषयवस्तुहरू समेटिएका थिए, जसमा अभिमुखीकरण तथा गमनशीलता (Orientation & Mobility), दृष्टिविहीन संस्कृति तथा शिष्टाचार, बाल मनोविज्ञान र परामर्श, बाल संरक्षण, पोषण तथा समग्र स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन (MHM), र सरसफाइ सम्बन्धि अभ्यासहरू समावेश गरिएको थियो।

प्रशिक्षकले स्थानीय सवारीसाधनमा यात्रा गर्ने क्रममा अनुचित स्पर्शबाट कसरी बच्ने भन्ने देखाइरहनुभएको छ।

तालिमको समापन सत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखाका निर्देशकको, प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो। हेरचाहकर्ताहरू र प्रमुख अतिथिबिचको प्रत्यक्ष अन्तर्क्रियाले सरकारी प्रावधानहरू, हेरचाहकर्ताहरूको जिम्मेवारी र भूमिकाबारे स्पष्ट जानकारी प्रदान गर्नुका साथै भावी कार्यदिशा निर्धारणमा मार्गदर्शन गरिएको थियो।

सहजकर्ताले सहभागितामूलक विधि प्रयोग गरी तालिम संचालन गरेको तस्बिर

नेपाल नेत्रहीन संघ (NAB) ले तालिमलाई सफल, प्रभावकारी र उद्देश्य अनुकूल बनाउन समर्पित आयोजक टोली, सहभागी हेरचाहकर्ता, विज्ञ प्रशिक्षकहरू, सहयोगी साझेदारहरू तथा आदरणीय प्रमुख अतिथिप्रति हार्दिक आभार प्रकट गर्दछ।