गणक (Enumerator) आवश्यकता सम्बन्धी सूचना 

नेपाल नेत्रहीन संघ‚ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल तथा  नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन् २०२५ देखि सन् २०२९ सम्म अपाङ्गता अधिकारका लागि सहकार्य (Collective Action for Disability Rights (CADiR)) नामक कार्यक्रम  सञ्चालन भइरहेको छ । समावेशी शिक्षा सो कार्यक्रमको एक मुख्य कार्यक्षेत्र  हो | उक्त कार्यक्षेत्र अन्तर्गत तल उल्लेखित जिल्लाहरूमा रहेका  १४ वटा विद्यालयहरूमा Baseline Survey गर्नुपर्ने भएकाले  तथ्याङ्क सङ्कलनका लागि योग्य र इच्छुक व्यक्तिहरूबाट यो  सुचना प्रकाशित भएको मितिबाट ५ दिन भित्र दरखास्त आव्हान गरिन्छ ।

जिल्लाहरू: मोरङ, सुनसरि, बारा, महोत्तरी, सप्तरी, बागलुङ, गोरखा, धादिङ, कपिलवस्तु, बाके, सुर्खेत, कैलाली, कञ्चनपुर

गणकका लागि आवश्यक न्यूनतम योग्यता तथा छनोटका मापदण्डहरू निम्नअनुसार रहेका छन्:

१. न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण वा सो सरह 

३. नेपाली भाषामा दखल ।

४. अनलाइन सर्वेक्षण सम्बन्धि  कार्यमा सिप र अनुभव भएको । (मुख्यतया KOBO Tool अथवा यस्तै अरु कुनै एप्स)

५. KOBO Tool चलाउन सकिने स्मार्टफोन अनिवार्य रूपमा भएको ।

६. अनलाइन तथ्याङ्क प्रविष्टि गर्नका लागी इन्टरनेट/डेटा प्याकेज प्रयोग गर्न जानेको

७. स्थानीय बासिन्दालाई प्राथमिकता |

८. छनौट प्रक्रियाका सबै चरणमा सक्रिय रूपमा सहभागी नभएमा अयोग्य मानिनेछ ।

 छनोट प्रक्रिया र सूचना

९. छनौट भएका उम्मेदवारहरूलाई मात्र नेपाल नेत्रहीन संघद्वारा  सूचना प्रदान गरिनेछ।

१०. पारिश्रमिक नेपाल नेत्रहीन संघले तोके बमोजिम हुनेछ।

पेस गर्नु पर्ने कागजातहरु:

१.          बायोडाटा

२.          आवेदन पत्र

३.          शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

४.          नेपाली नागरिकताको प्रतिलिपि

५.          कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि

६.          स्मार्टफोनको विवरण (Andriod OR ios Version, RAM and ROM, Brand Name & Model No.)

७.          हालसालै खिचेको पासपोर्ट साइजको फोटो

आवेदन दिने अन्तिम मिति २०८२ मङ्सिर ११ गते

आवेदनको लागि इमेल ठेगाना:

इमेल: [email protected]

नेपाल नेत्रहिन संघ

सुकेधारा काठमाडौँ

फोन नम्बर ०१-४३७६५८०