२०८२ माघ ८ गते: नेपाल नेत्रहीन सङ्घको ३३औँ वार्षिकोत्सव समारोह:

बायाँबाट दायाँतर्फ: सङ्घका निर्देशक अमृत राई मञ्चबाट उद्घोषणा गरिरहनुभएको दृश्य। अगाडि ड्यासमा प्रमुख अतिथि तथा अन्य अतिथिगणले आसन ग्रहण गर्नुभएको छ। पृष्ठभूमिमा डिजिटल ब्यानर प्रदर्शित भइरहेको छ भने सभाहलमा उपस्थित सम्पूर्ण सहभागीहरू कार्यक्रमतर्फ ध्यान केन्द्रित गरिरहेका देखिन्छन्।

नेपाल नेत्रहीन संघ को ३३औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरू गरिमामय तथा उत्साहपूर्ण वातावरणमा आयोजना गरिएका थिए। यस विशेष अवसरले संस्थाको दीर्घ यात्रा, उपलब्धिहरू र आगामी प्रतिबद्धतालाई पुनः स्मरण गर्दै सदस्य तथा सरोकारवालाहरूबीच नयाँ ऊर्जा थप्ने कार्य गरेको छ।

नेपाल नेत्रहीन सङ्घका केन्द्रीय अध्यक्ष श्री शिशिर खनाल ज्युले स्वागत मन्तव्य दिनु भएको दृश्य।

यस अवसरमा “कोसेली घर” को औपचारिक समुद्घाटन गरिएको थियो। उक्त कोसेली घरमा दृष्टि सम्बन्धी अपाङ्गता तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादित र संकलित सामग्रीहरू, साथै विभिन्न अर्गानिक खाद्य सामग्रीहरू बिक्री तथा प्रदर्शनका लागि व्यवस्थित रूपमा राखिएका थिए। यस पहलले अपाङ्गता भएका व्यक्तिहरूको सीप, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त समारोहमा पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटा ज्यु प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यका क्रममा अपाङ्गता अधिकारको प्रवर्द्धन र संरक्षणमा सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै सहकार्यको आवश्यकता औंल्याउनुभयो। सोही अवसरमा “दृष्टिविहीन व्यक्तिहरूको मर्यादित तथा सम्मानित जीवनका लागि सहकार्य” विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको थियो, जसले सहकार्य र समन्वयलाई थप मजबुत बनाउने आधार तयार गर्‍यो।

कार्यक्रमको क्रममा संघले सञ्चालन गर्दै आएका विभिन्न तालिम कार्यक्रमहरू, सहायक सामग्री तथा उपकरणहरू तथा ब्रेल प्रेसद्वारा प्रकाशित सामग्रीहरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत संस्थाका गतिविधि, सेवा र उपलब्धिहरूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्रदान गरिएको थियो।

प्रमुख अतिथिज्यूद्वारा कोसेली घरको शुभारम्भ पश्चात् अवलोकन गरिरहेको दृश्य।
प्रमुख अतिथिज्यू र अन्य सहभागीहरू ब्रेल प्रिन्टिङ मेसिनको अवलोकन गर्दै गरेको दृश्य। सहभागीहरू मेसिनको कार्यप्रणाली र प्रयोगका बारेमा जानकारी लिँदै छन्।

दृष्टिविहीन व्यक्तिहरूद्वारा उत्पादित हस्तकला प्रदर्शनीमा प्रमुख अतिथिज्यूसहित अन्य अतिथिहरूको अवलोकन गर्दै गरेको दृश्य।

त्सयसैगरि, सन् २०२५ मा सम्पन्न 1st Women’s T20 World Cup Cricket for the Blind प्रतियोगितामा नेपालको तर्फबाट उपविजेता बन्न सफल महिला खेलाडीहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि सोही अवसरमा सम्पन्न गरिएको थियो। यस उपलब्धिले दृष्टिविहीन महिला खेलाडीहरूको क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।

२०२५ मा सम्पन्न  1st Women’s T20 World Cup Cricket for the Blind प्रतियोगितामा नेपालको तर्फबाट उपविजेता भएका महिला खेलाडीहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमाण पत्र वितरण गरिरहनु भएको प्रमुख अतिथीज्यु लगायत अन्य अथितिगण

२०२५ मा सम्पन्न  1st Women’s T20 World Cup Cricket for the Blind प्रतियोगितामा नेपालको तर्फबाट उपविजेता भएका महिला खेलाडीहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमाण पत्र वितरण गरिरहनु भएको प्रमुख अतिथीज्यु लगायत अन्य अथितिगण
अधिकारमुखी अपाङ्गता आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह  गर्नुभएको आदरणीय व्यक्तित्व डा. बिरेन्द्रराज पोखरेल ज्यु द्वारा प्रस्तुतीकरण

कार्यक्रमको दोस्रो सत्रमा “अपाङ्गता आन्दोलन: वर्तमान र भविष्य” विषयमा विभिन्न सरोकारवालाहरूसँग गहन अन्तर्क्रिया सम्पन्न गरिएको थियो। अधिकारमुखी अपाङ्गता आन्दोलनमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरू, अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको थियो। छलफलले वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।

अपाङ्गता भएका महिलाहरुको वर्तमान अवस्था तथा भविस्य सम्बन्धि चर्चा गर्दैगरिरहनु भएको श्री लक्ष्मी नेपाल, access planetका कार्यकारी निर्देशक श्री लक्ष्मी नेपाल

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने प्रमुख अतिथि, सहभागी व्यक्तित्वहरू, मिडियाकर्मी तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ।