मितिः २०७७ जेठ ९

प्रेसविज्ञप्ती
विगतवि.सं. २०५१ साल देखी अपाङ्गता भएका व्यक्तिहरुले पाउँदै आएको अपाङ्गता भत्ता गृह मन्त्रालय पन्जिकाधिकारीको कार्यालयको निर्देशनबाट अकस्मात निलो परिचयपत्रधारीहरुको भत्ता काटिनगएको समाचारप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । अहिले कोभिड–१९ को संक्रमणको कारण सरकारले गरेको बन्दाबन्दीको कठिन अवस्थामा सेतो छडीको सहारामा मुस्किलले जीवन यापन गरिरहेका दृष्टिविहीन, व्हिलचेयर प्रयोगकर्ता र एकल महिलाहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता काटिन गएकोमा यस संघ घोर आपत्ति प्रकट गर्दछ । 
नेपालको संविधान २०७२ धारा ४३ को मौलिक हक अन्तर्गत सामाजिक सुरक्षाको हकको ऐन बनाउने क्रममा तत्कालिन महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री, श्रम तथा सामाजिक सुरक्षामन्त्री र सामान्य प्रशासन तथा संघिय मामिला मन्त्रीको असावधानीले गर्दा ऐन निर्माणमा हुन गएको त्रुटिलाई अविलम्ब सच्च्याई वर्षौं पहिलेदेखी पाउँदै आएको अतिअसक्त अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षा भत्तालाई यथावत् कायम गरी सामाजिक न्याय प्रदान गर्नका लागि नेपाल सरकार र अन्य सम्बन्धित निकायहरुसँग जोडदार अपिल गरिन्छ । 


नेपाल नेत्रहीन संघ
केन्द्रीयकार्यालय
सुकेधारा, काठमाण्डौ